काठमाडौं, ९ पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।
यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका हुन् ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले विज्ञप्तिमार्फत् जनाएका छन् ।
तपाईको प्रतिक्रिया