प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको सूर्यविनायकमा संचालन

अर्थ/वाणिज्य

12/23/2018

काठमाडौं, ८ पुस । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले सूर्यविनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

यस शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ६७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आइतबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यविनायकमा समुद्घाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रेस विज्ञप्तिमार्फत् प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ