प्राइम र कैलाशबीच अन्तिम सम्झौता

अर्थ/वाणिज्य

12/19/2019

काठमाडौं, ४ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्बन्धमा आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ