प्रतिबन्ध खुलाउन पत्राचार

अर्थ/वाणिज्य

1/28/2020

काठमाडौं, १४ माघ । पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको छ । भारतले प्रतिबन्ध गरेलगत्तै थालिएको अनौपचारिक छलफलले समस्या समाधान नभएपछि पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पाम तेलको निर्यात फकुवा गर्न कुटनीतिक च्यानलमार्फत भारत सरकारलाई औपचारिक अनुरोध गरिएको मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रिय ब्यापार महाशाखा प्रमुख सह–सचिव नवराज ढकालले जानकारी दिए ।

आपूर्ति मन्त्रालयको आग्रहअनुसार पाम तेलको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौड्यालले बताए ।

पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्धामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका ब्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ