काठमाडौं, ३० मंसिर । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई मध्येनजर गर्दै विन्टर अफर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै खाता खोल्न चाहने ग्राहकहरुको लागि उक्त अफर ल्याएको हो ।
जस अन्तर्गत ग्राहकले निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा पाउने छन् । यससँगै ग्राहकले मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि फ्री डिम्याट खाता खोल्न सक्नेछन् । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न गराउन क्यापिटलले आग्रह गरेको छ ।
क्यापिटलले केही समय अगाडि ३ बर्षे फ्री डिम्याट खाता योजना सञ्चालन गरेको थियो । जसमा ग्राहकहरुको अभूतपूर्व सहभागिता रहेको क्यापिटलले जनाएको छ । यस योजना अन्तर्गत खाता खोल्न चाहने ग्राहकको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो अनलाइन सेवा प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया