प्रभु बैंकद्वारा ‘सहयात्रा समृद्धिको’ कर्जा योजना

अर्थ/वाणिज्य

9/23/2020

काठमाडौं, ८ असोज । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको’ कर्जा योजना सुभारम्भ गरेको छ ।

यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोरोना प्रभावित साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीहरुको विद्यमान आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुका पेसा, उद्यम र व्यवसायहरुलाई पुनः सुचारु गर्ने सहयोग पु¥याउने लक्ष्यका साथ ल्याइएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो कर्जा उद्यमी तथा व्यवसायी, स्वरोजगार, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीहरुको विद्यमान आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायीहरुले पाउने छन् ।
सहयात्रा समृद्धिको यो कर्जा योजना उक्त समूहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास भएको बैंकको भनाइ छ ।

‘सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पोलगायत अन्य सार्वजनिक सवारी साधनमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटमा बाँचिरहेका छन् । नियमितरुपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीका लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घर व्यवहार चलाउन बाध्य छन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्कोतिर, हाल विद्यालयहरुले विद्यार्थीका लागि अनलाइन कक्षाहरु सञ्चालन गरिरहेको भए पनि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न नसकेको उल्लेख गर्दै बैंकले यो कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाडौ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकलाई अधिकतम १ लाख रुपैयाँसम्म र विद्यालय शिक्षकहरुलाई अधिकतम ४ लाख रुपैयाँसम्म कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ ।

कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौ उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएकोे बैंकको भनाइ छ । कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसाय साथै काठमाडौं उपत्यका बाहिर पनि क्रमशः लागू गर्दै जाने बैंकले जानकारी दिएको छ ।

‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको बैंकको भनाइ छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यवसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ