काठमाडौं, ८ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंक लि. मा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लगइन गरी अनलाइनमार्फत् केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ ।
प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ ।
यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनेछन् भन्ने बैंकले पूर्ण विश्वास लिएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया