काठमाडौं, १३ पुस । नेपालको बिईगं ह्युमन क्लोथिङको ’रिब्रान्डीङ’ गरिएको छ ।
नेपालका लागि बिईगं ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिले शुक्रबार दरबारमार्गको स्टोरमा संस्थापक सलमान खानको जन्मदिन मनाएर ’रिब्रान्डीङ’ गरेको हो ।
विभिन्न देशमा रहेका बिईगं ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमान खानको ५४औं जन्मोत्सव भव्यताका साथ मनाइकोमा नेपालमा पनि खानको जन्मदिन मनाइएको हो ।
बिईगं ह्युमन क्लोथिङको नेपालको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले २० पाउण्डको केक काटेर ’रिब्रान्डीङ’ गरेको बताए ।
‘सलमान खान फिल्म मात्र होइन, वास्तविक जीवनमा पनि हिरो बन्न सफल हुनुभएको छ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ ।’
प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिईगं ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटीहरुको आयोजना गर्ने बताए ।
उनले भने, ‘अब हामी बिईगं ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ ।’
केही समय आन्तरिक समस्याका कारण बन्द रहेको बिईगं ह्युमन नेपालको शो–रुम औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ ।
विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आइपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ ।’
‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौं ।’
जन्मदिनको अवसरमा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको थियो भने यहि अवसरमा सलमान खानको फिल्म दबंग–३ देखाउन पनि लगेको थियो ।
तपाईको प्रतिक्रिया