कैलाली, २६ कार्तिक । राष्ट्रिय वाणिज्य बैंकले कैलालीको धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय संचालन गरेको छ । सुदुरपश्चिम प्रादेशिक मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार कार्यालयको उद्घाटन गरे ।
उक्त अवसरमा मुख्यमन्त्री भट्टले सरकारको लगानीमा संचालित संस्थानको कार्यसम्पादन विगतमा सन्तोषजनक नभए पनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताए ।
सेवा प्रवाहमा गुणस्तरीयका लागि सम्पूर्ण ग्रहाकलाई समान व्यवहार गर्नुपर्ने बताउँदै उनले सरल र सहज बैंकिङ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए, बैंकको सुदुरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्द नियुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया