बागलुङ्गको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकको आर्थिक सहयोग

अर्थ/वाणिज्य

10/2/2020

काठमाडौं, १६ असोज । बागलुङ्ग जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाका पीडितहरुका लागि प्रभु बैंक लिमिटेडले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई बाढीपिडित उद्धार कोषमा रहने गरि सो रकम सहयोग प्रदान गरेका हुन् ।

यसैबीच, बागलुङ्ग जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ्ग र भौतिक योजनामन्त्री राम शरण बस्नेतले विशेष निरीक्षण गरेका छन् ।

उक्त अवसरमा बाढी प्रभावित बोबाङ्ग वडा अन्तर्गतका स्थानीयहरुसँग मन्त्रीद्वयले प्रत्यक्ष भेटघाट गरे । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रीय बिद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिइएको छ ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।

बागलुङ्ग बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ