कैलालीमा बजाज सोरुम

अर्थ/वाणिज्य

12/18/2019

धनगढी, २ पुस । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लिले कैलालीको अत्तरियामा आधुनिक एवं सुविधासम्पन्न नयाँ सोरुम ‘रुद्र अटोमोटिभ्स ’ सुरु गरेको छ ।

उक्त सोरुमले आफना ग्राहकलाई उच्चस्तरीय सेवा पु¥याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर देशभर उपलब्ध गराउने उद्देयलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनी द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सोरुमले ग्राहमलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकलाई उच्चस्तरीय , विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चत गर्दै बजाजको बिक्री थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ