रूपन्देही, ५ पुस । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बेला बेला हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्यम मात्र भएको बताएका छन् ।
मेला महोत्सवले उद्यमशिलताको विकास गर्न तर्फ लाग्नु पर्ने बताएका छन् । बिहीबार बुटवलमा सुरू भएको ‘लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै मेला र महोत्सबले नागरिकलाई बढी बोझ बनाएको बताए ।
व्यापारको विस्तार गर्न पहिला ग्रामीण क्षेत्रको विकास गर्न आवश्यक रहेको पोखरेलले समेत मुख्यमन्त्री पोखरेलले बताए ।
नेपालको उद्योग र व्यापार निर्वाहमूखी भएको भन्दै त्यसलाई प्रतिष्पर्धी बनाउन आवश्यक रहेकोमा बताउँदै मुलुकको विकास गर्नका लागि सपना देख्न आवश्यक रहेको उनको भनाई थियो ।
मेला र महोत्सव अर्थतन्त्रको विकास गर्नका उद्यमशिलता आवश्यक छ । होइन भने यस्ता कार्यक्रम अरू कसैका सामग्री विकाउने माध्याम मात्र हुने मुख्यमन्त्रीको भनाई छ ।संघीय सरकारले यसै वर्षदेखि पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खन्न सुरू गर्ने दावी गरे ।
तपाईको प्रतिक्रिया