काठमाडौं, १७ पुस । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच हालै विभिन्न सेवासुविधामा छुट दिइनेसम्बन्धी सम्झौता भएको छ । सेवाग्रहीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् ।
आइतबार बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव रजतकृष्ण श्रेष्ठले छुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको क्रेडिट र डेबिट कार्डबाहेक तथा सेयरधनिले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटीस्कयान, अपरेसन, रेडियोलोजी, बेडचार्ज तथा अन्य जाचँमा १२ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।
तपाईको प्रतिक्रिया