काठमाडौं, २८ चैत । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।
दूतावासका कर्मचारी सचिव अजय कुमारले ८० करोडको चेक हस्तान्तरण गरेका थिए । २०७२ सालको भूकम्पबाट भएको क्षतिपछि भारतले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको थियो ।
तपाईको प्रतिक्रिया