भायनेटको ‘ट्रिपल ट्वान्टी अफर’

अर्थ/वाणिज्य

12/31/2019


काठमाडौं, १५ पुस । भायनेटले नव वर्ष २०२० को अवसरमा ग्राहकका लागि ‘ट्रिपल ट्वान्टी अफर’ सञ्चालनमा ल्याएको छ । नव वर्ष २०२० को सुमधुर सुरुवातका लागि २९ एमबिपिएसको नयाँ इन्टरनेट प्लान ल्याएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो नयाँ इन्ट्री—लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार चार सयमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा दुई सय ५० प्लस च्यानल भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा हजार रुपैयाँ छुट प्रदान हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ