भायनेटको ब्राण्ड एम्बेसडर बने निश्चल बस्नेत र स्वस्तिमा खड्का

अर्थ/वाणिज्य

9/22/2020

काठमाडौं, ६ असोज । भायनेटले आफ्नो बजार प्रवद्र्धनको लागि प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडर बनाएको छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसाक्षप हुने भएकोले भायनेटले आफ्ना आगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु सामक्ष ल्याउने यो जोडीलाई आबद्ध गरेको कम्पनीले जनाएको छ ।

निश्चल र स्वस्तिमाले अहिलेको जमानामा इन्टरनेट नभई नहुने कुरा भएको र भायनेटले जहिले पनि आफ्ना ग्राहकहरुलाई अपडेटेड राख्न मद्दत गर्नेहुँदा यसको विश्वासिलो सेवाले गर्दा आफूहरु यसको ब्राण्ड एम्बेसडर बनेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ