भारतमा उत्पादित मिड–एसयुभी सेल्टोस नेपाल भित्रियो

अर्थ/वाणिज्य

12/21/2019

काठमाडौं, ५ पुस । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुनेमिड–एसयुभीबन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ । कन्टिनेन्टलले भारतमा निर्मित अन्यमोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरे बताउनुहुन्छ ।

सेल्टोसमा १० इन्चस्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कटस्टेरिङ, युभीग्लास जस्ताविशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ