काठमाडौं, ४ पुस । भारतीय बजार पहिलोपटक भारतमै डिजाइन र उत्पादन भएको १२५ सीसीको स्कूटर सार्वजनिक भएको छ । यामाहा मोटर इन्डियाले यामाहा फ्यासिनो १२५ एफआई ल्याएको हो ।
१२५ सीसीको फ्यासिनो एफआईको मूल्य भारतीय बजारमा ६६ हजार चार सय ३० भारुदेखि ६९ हजार नौ सय ३० भारुसम्म तोकिएको छ ।
यो स्कूटर स्टार्ट–स्टप सिस्टम छ, जसमा ट्राफिक मोड पनि पाउन सकिन्छ । यसले भीडभाडमा समेत राइडिङको राम्रो अनुभव प्रदान गर्छ । यसमा हलुका फ्रेम दिइएको छ । जसको तौल ९९ केजी छ ।
फ्यासिनोमा जडान गरिएको नयाँ स्मार्ट मोटरले पूरानो स्कूटरको तुलनामा कम आवाज पैदा गर्छ ।
तपाईको प्रतिक्रिया