काठमाडौँ, ५ असोज । मेगा बैंक लिमिटेडले १८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त सेयर कित्ता बिक्री लिलामीमा बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरिएको बैंकले बताएको छ ।
बैंकका अनुसार संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव कित्ता सेयर गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।
सर्वसाधारणले असोज १८ भित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य सिलबन्दीमार्फत आवेदन दिन सक्छन् । बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुला गरी आवेदन माग गरेको थियो ।
तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया