कपिलवस्तु, १७ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवारलाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ ।
किमम फाउन्डेसन नेपालको सहयोग र मदरसा बोर्ड प्रदेश ५ को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ ।
कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि ५ जना विदेशबाट फर्केर आएको व्मक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकारले समेत गरिसकेको कारणले यो महामारीबाट नेपालभरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ ।
प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीम को मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवारको घरमा कोही भोकै नरहोस भन्ने भावनाका साथ कृष्णनगर नगरपालिका भित्र पहिलो चरणमा २५ किलो चामल, ५ किलो दाल, पिठो, तेल, आलू, नूनलगायत खाद्यान्न समाग्री वितरण गरेको मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले बताए ।
तपाईको प्रतिक्रिया