काठमाडौं, १५ पुस । महालक्ष्मी विकास बैंकले नक्सालस्थित नन्दी माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
विद्यार्थीका लागि बास्केटबल कोर्ट, टेबल टेनिस र्बोडलगायत खेलकुद सामग्री हस्तान्तरण गरेको हो । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामग्री प्रदान गरेको हो ।
बैंकको तिनचुली शाखाले काठमाडौं महानगरपालिका—७ मा अवस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपागंतामैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीलाई अध्ययन सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपागंतामैत्री फर्निचर प्रदान गरेको हो ।
तपाईको प्रतिक्रिया