महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको सम्मेलनमा सम्बोधन

अर्थ/वाणिज्य

6/14/2019

काठमाडौं, ३१ जेठ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीजरल्याण्डको जेनेभामा सम्बोधन गरेका छन् ।

आइएलओ सम्मेलन यही जेष्ठ २७ गतेदेखि संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई सम्बोधन गर्ने अवसर प्राप्त भएकोमा प्रसत्रता व्यक्त गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे ।

प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतीको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे ।

श्रम सम्मेलनको सो अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने सभापति ढकालले बताए ।

नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उल्लेख गरे ।

कामको भविष्य, व्यवसायको भविष्यस“ग गाँसिएको उल्लेख गर्दै यस बस्तु तथ्यलाई ध्यानमा राखी गरिने हाम्रा प्रयास, व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उनले बताए ।

नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे ।

प्रधानमन्त्रीले उद्घोष गरेको समृद्ध नेपाल सुखी नेपालीको स्मरण गर्दै दीगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु¥याउन सकियो भने प्रधानमन्त्रीले अपेक्षा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने बिचार सभापति ढकालले व्यक्त गरे ।

सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ