राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालीकाबीच सम्झौता

अर्थ/वाणिज्य

12/17/2020

काठमाडौं, २ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार नगरपालिकासँग सम्झौता भएको छ ।


सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ। सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुपर्ने भन्ने भ्रम रहेकोले कार्यन्वनयमा चुनौती थपिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ