ललितपुर, ८ साउन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले शुक्रबार गत आ.व.को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।
यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेतबैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।
बैंकले कर पश्चातको खुदनाफामा ४८ प्रतिशतको वृद्धिदर हासीलगर्दै १ अर्ब ६६ लाखकमाएको छ । यस संगै बैंक एक अर्ब भन्दामाथीनाफाआर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमासमेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुदब्याजआम्दानी गरेको छ र यो गतआर्थिकवर्षको भन्दा ५८℅ ले बढी रहेको छ ।
पछिल्ला वर्षहरुमा बैंककोशाखा बिस्तार,व्यवसायतथावित्तियआकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिनवर्षको वित्तियविवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा २२७प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ ।
सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तिय परिचालन गर्ने बैंकको वित्तियअवस्थाूकूवर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखीएको छ ।
बैंकमाहाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवादिई रहेको छ ।
सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकारात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताएका छन् ।
बैँकको वर्तमान सञ्चालक समितिको कार्यकालभित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैँक अघि बढेको समेत उप्रेतीले जानकारी दिए ।
बैंकले पछिल्लो तीन वर्ष लगातार १५ प्रतिशतले लाभांश वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जनाउँदै बैंकमा कारोबार गर्ने सदस्य सहकारँी संघ/संस्थाहरुलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजीफिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया