राहत कोषमा कुमारी बैंकको १० लाख सहयोग

अर्थ/वाणिज्य

4/2/2020

जनकपुरधाम, २० चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ ।

बैंकका वीरगंजस्थित प्रदेश कार्यालय र जनकपुरस्थित शाखा कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा माछापुछ्रे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन् ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ