काठमाडौं, ७ पुस । लक्ष्मी बैंकले १९ औं वार्षिक साधारणरभा सम्पन्न गरेको छ । बैंकले आइतबार वार्षिक साधारभाणस सम्पन्न गरेको हो ।
सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस रेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुजीँ नौ र्अब ८१ करोड रुपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष २०७५।७६ का लागि सञ्चालक समितिको प्रतिवेदन तथासोहि आर्थिक वर्षको बैंकको वित्तीय विवरण माथी छलफल गरी स्वीकृत गरेको छ । साथै सभाले संस्थापक सेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ती अनुमोदन समेत गरेको छ ।
आव २०७५।७६ मा बैंकले ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही आधारमा बैंकको वासलातको आकार एक खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
सो आवमा बैंकले एक अर्ब ५९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पुर्ण वित्तीय सुचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।
सन् २००२ मा स्थापना भएको बैंकले आफ्ना शाखाहरु तथा सुचना प्रविधिको माध्यमबाट बृहत् स्तरमा सेवा प्रदान गर्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया