जनकपुरधाम, ५ जेठ । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताएका छन् ।
एनआइसी एसिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिएका छन् ।
अहिलेको लगानी अनुत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनुपर्ने उल्लेख गरे ।
मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।
एनआइसी एसिया बैंक पिराडी शाखाका प्रवन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा नीति आयोगका सदस्य डा. सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया