काठमाडौं, ८ माघ । सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार कोडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्वस्तिका श्रेष्ठलाई सो रकम प्रदान गरे ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा सहयोग गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानका कार्यका लागि उपयोग गर्नेछ ।
तपाईको प्रतिक्रिया