काठमाडौं, १६ माघ । कृषि विकास बैंकले माघ १४ गते मकवानपूर हेटौंडास्थित शहिद स्मारकमा सूचना व्यवस्थापनका लागि ९ लाख ५० हजार रुपैयाँ बराबर सहयोग गरेको छ ।
पार्कभित्र पर्यटकलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सुचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा बैंकले आफ्नो एटीएम राखेको हो ।
पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैंकले एटीएम राखेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकारको पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबाट उक्त एटीएम उद्घाटन भएको हो ।
तपाईको प्रतिक्रिया