काठमाडौं, ७ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ हेपलाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले प्रदान गरेको सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपांगता भएका व्यक्ति बालबालिकाका लागि निःशुल्क खाना, आवास र शिक्षामा सहयोग पुग्ने बैंकले विश्वास गरेको छ ।
बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कमचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया