सिजीको ‘कुशल स्वास्थ्य असल पर्व दसैं’ अफर सार्वजनिक

अर्थ/वाणिज्य

9/17/2020

काठमाडौं, १ असोज । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ ।

यस योजना अन्तर्गत सि.जी.ले आफ्नो ग्राहकलाई सि.जी.का कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ । सि.जी.को कुनैपनि एल.ई.डि. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.हरुमा निशुल्क जडानको सुविधा रहेको छ ।

त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सि.जी.को ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट पाइने छ । यसैगरी, सिंगल डोर रेफ्रिजेरेटर, सोकेस, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ ।

यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नु हुनेछ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ