सुजुकी धमाका ‘सुपर स्याटरडे’

अर्थ/वाणिज्य

12/27/2019


काठमाडौं, ११ पुस ।  यही आउँदो पुस १२ गते सुजुकी ब्राण्डका गाडीको आधिकारीक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले शनिवार ‘सुपर स्याटरडे’ आयोजना गर्ने भएको छ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठुलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् ।    
‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । साथै, ग्राहकले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् । यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागु हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ