काठमाडौं, २५ भाद्र । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६७ करोड ६४ लाख खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासमा ६५ अर्ब ३४ करोड तीन लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब चार करोड ४४ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सअवधिमा दुई अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा दुई दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेडदर तीन दशमलव ३८ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया