काठमाडौं, १४ पुस । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता भएको छ । बैंकले अस्पतालले दिने विभिन्न सेवा सुविधाहरुमा आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्कयान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाचँमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा बैंकको बजार प्रबन्धक शेखरराज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रालिका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
तपाईको प्रतिक्रिया