काठमाडौं, २२ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंगलबार ७ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
उक्त बैंकले बाँकेको कोहलपुर, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, नरेफाँट र टोखा तथा भक्तपुरको सुकुलढोकामा साखा सञ्चालमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
विस्तारित शाखासहित बैंकको कुल शाखा संख्या १२० पुगेको छ ।
सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया