सिटिजन्स बैंकका ग्राहकलाई करियर स्टेसनमा विशेष छुट

अर्थ/वाणिज्य

12/17/2020

काठमाडौं, २ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रालिबिच नयाँ बानेश्वर काठमाडौंमा छुटसम्बन्धी सम्झौता भएको छ ।

यसअनुसार बैंकका ग्राहकहरुलाई आईएलटीएस, टोफल, स्याट, जीआरई, जिम्याट आदिको तयारी कक्षामा विशेष छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यो छुट बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहक र उनीहरुका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ