सिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई सहयोग

अर्थ/वाणिज्य

2/24/2020

काठमाडौं, १३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थितको ज्ञानचक्षु विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त बैंकले सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको छ । शुद्ध खानेपानी अभावमा पठनपाठनमा भइरहेको अवरोध अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने बैंकले विश्वास लिएको छ । हालै बैंकले ९३ शाखा, ९० एटिएम र एक सय तीन शाखारहित बैंकिङ एकाई मार्फत सेवा दिँदै आएको छ ।

यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कस्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ