काठमाडौं, २८ साउन । नेपाल बैंक लिमिटेडले कोरोना रोकथाम कोषमा साढे तीन करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको घोषणा गरेको छ ।
उक्त बैंकले तीन करोड ४६ लाख रुपैयाँको चेक नेपाल सरकारले स्थापना गरेको कारोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया