प्रभु बैङ्क र गोर्खा सत्याग्रह समितिबीच सम्झौता

अर्थ/वाणिज्य

12/10/2019

काठमाडौं, २५ मंसिर । गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैङ्कबीच ब्रिटिस सरकारको सौनिक सेवामा कार्यरत तथा भूतपूर्व सौनिकको प्रभु स्पेसल सेभिङ खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । 

गोर्खा सत्याग्रह समिति, नेपालका तर्फबाट अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक समारोहका बीच सम्झौतामा हस्ताक्षर गरे । सम्झौतापछि गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिस सरकाको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व गोर्खा सैनिकको हितका क्रियाशील रहेको गैरसरकारी संस्था भएकाले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैङ्क लिमिटेडको कमलादी शाखा कार्यलयमा आफ्नो नाममा खाता खोली कारोबार गर्ने भएको छ ।

गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैङ्क लिमिटेडको जुनसुकै शाखा कार्यलयबाट प्रभु स्पेसल सेभिङ खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ । गोर्खा सत्यग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैङ्कमा प्रभु स्पेसल सेभिङ खाता खोली ब्रिटिस सरकारबाट प्राप्ता गर्ने पेन्सन रकम सीधै प्रभु बैङ्कमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाइने सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ