सिद्धार्थ बैंकद्वारा फ्रेन्डसिप फाउन्डेसन नेपाललाई सहयोग

अर्थ/वाणिज्य

1/18/2021

काठमाडौं, ५ माघ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेन्डसिप फाउन्डेसन नेपाललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकमबाट फाउन्डेसनले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर १, केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माणमा खर्च हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ