सिद्धार्थ बैंकद्वारा १५ लाखसम्मको कर्जा

अर्थ/वाणिज्य

12/29/2019


काठमाडौं, १४ पुस । । बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहजरुपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएको हो । सिद्धार्थ बैंकले महिला उद्यमशिल कर्जा हालै सुरु गरेको छ ।

सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराइने सहुलियतपुर्ण कर्जाअनुसार बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र छ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । महिला उद्यमशिल कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ ।

यस कर्जा योजनाका प्रमुख आकर्षणहरुमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा अर्थात् अधिकतम १५ लाखसम्म कर्जा पाइने, वार्षिक छ दशमलव दुई प्रतिशतको आर्कषक व्याजदर, प्रशासनिक शुल्क नलाग्ने सरल भुक्तानी सुविधा र पाँच कार्यदिनभित्रै कर्जा स्वीकृत हुने रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ