काठमाडौं, १२ जेठ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा प्राइम बैंक लिमिटेडले सुदूरपश्चिमका दुई बैंकलाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै प्राइम बैंकले सहयोग प्रदान गरेको हो ।
सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको जनाइएको छ ।
कोभिड१९ विरुद्घको लडाईमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव रु. ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामग्रीहरु बंैकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्दि«य अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका छन् ।
यस बैंकले कोभिड१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने छ ।
तपाईको प्रतिक्रिया