सानीमाको ‘नारी बचत खाता’ सञ्चालनमा

अर्थ/वाणिज्य

2/13/2020

काठमाडौं, १ फागुन । सानिमा बैंक लिमिटेडले ‘सानिमा नारी बचत खाता’ संचालनमा ल्याएको छ ।

महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा १ रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।

यस सँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगदरहित कारोबारलाई प्रोत्साहन बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५% क्यासब्याक वा अधिकतम् ५ सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा २ हजारसम्म बचत गर्न सकिनेछ । उक्त क्यासव्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म लागू हुनेछ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ