सानिमा बैंकद्वारा दशैंमा निःशुल्क क्रेडिट कार्ड उपहार

अर्थ/वाणिज्य

9/29/2020

काठमाडौं, १३ असोज । सानिमा बैंकले दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु गरेको छ । बैंकले योपाली दशैंमा क्रेडिट कार्डको बहार सानिमा बैंकमा नारासहित निःशुल्क क्रेडिट कार्ड योजना सञ्चालनमा ल्याएको हो ।

यो योजना असोज १२ गतेदेखि महिनाभर आवेदन दिने सबै ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआइ) भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले बताएको छ ।
यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान किन्दा ५०० रुपैयाँको निःशुल्क भौचर समेत पाउन सकिन्छ ।

बैंकले हाल देशभरका ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ