सानिमा बैंकले ल्यायो ‘दशैँ धमाका योजना’

अर्थ/वाणिज्य

10/7/2020

काठमाडौं, २१ असोज । सानिमा बैंकले बडा दशैँको अवसरमा ग्राहकका लागि ‘दसैं धमाका’ योजना ल्याएको छ ।

अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकका कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने अफर ल्याएको हो । यो योजनाअन्तर्गत सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान किन्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्छन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तो ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्छन् । यो योजना यही १९ असोजदेखि कात्तिक २ गतेसम्म, २ साताको लागि लागु हुनेछ ।

बैंकको हाल सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ