सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

अर्थ/वाणिज्य

1/14/2020


काठमाडौं, १ माघ । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

उक्त सम्झौता अन्र्तगत निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको बैंकले जनाएको छ । बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ