काठद्धमाडौं, १४ असोज । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा अगम मुखिया नियुक्त भएका छन् ।
विभिन्न बिमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी काम गरेको अनुभव भएका मुखियालाई कम्पनीको सञ्चालक समितिले नियुक्त गरेको हो । मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिसमक्ष पदको शपथग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया