काठमाडौं, २ माघ । सनराइज बैंकको सञ्चालक समितिका अध्यक्षमा मोतीलाल दुगड पुनः निर्वाचित भएका छन् ।
उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जनाएको छ ।
शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए ।
तपाईको प्रतिक्रिया