सनराइज र जीएमई रेमिट्यान्सबीच सम्झौता

अर्थ/वाणिज्य

3/12/2020

काठमाडौं, २९ फागुन । सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिट्यान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८,००० भन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउनेछन् । सम्पूर्ण ग्राहकले सनराइज रेमिटमार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ