सन नेपाल र एनआईसी एसियाबीच बैंकास्योरेन्स सम्झौता

अर्थ/वाणिज्य

12/30/2018

काठमाडौं, १५ पुस । सन नेपाल लाइफ इन्सस्योरेन्स कम्पनी लिमिटेड र एनआर्ईसी एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनआईसी एसियाका तर्फबाट प्रमुख कार्यकारी रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भूक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहजरुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

उत्कृष्ट सेवासहित सरल, सुलभ तरीकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु एनआईसी एसिया बैंकका सम्पूर्ण शाखाहरुमार्फत उपललब्ध हुने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ